ग्यासमा कालोबजारी भएको थाहा पाउनु भयो ? सयमा फोन गर्नुहोस्

73
  •  
  •  
  •  

काठमाडौ, २७ पुस (ओएनएस)  : जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले प्रहरीलाई ग्यासको कालो बजारीको अनुगम नगर्ने अधिकार भएकोले १०० नम्बरमा टेलिफोन गरेर जो सुकैले कालोबजारीलाई कारवाही गराउन सक्ने बताएका छन ।

राजधानीमा भएको एक कार्यक्रममा अर्यालले भने ‘ नजिकको ग्राहकलाई नदिएर कसैले टाढाकालाई ग्यास दिन्छ भने तुरुन्त १०० माफोन गर्नुस । त्यसलाई कारवाही हुन्छ ।

जाडोमा बढी ग्यास खपत हुन्छ भन्ने थाहा हुँदाहुँदै नेपाल आयल निगमले ब्यवस्थापनमा सुधार ल्याउन नसकेकोमा आक्रोस ब्यक्तगर्दै अहिलेको अभाव निगमकै ब्यवस्थापिकीय कमजोरीको कारण भएको दाबी गरे ।

उनले उद्योगी र ब्यापारीहरुले ग्यास स्टोकमा राखेर बार्गेनिङ्ग गर्दा पनि अभावभएको भन्दै केही त्यस्तालाई कारवाही गरेको र अरुको पनि पहिचान गरेर कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

बाणिज्य विभागका निर्देशक हरिनारायण बेलवासेले आयलनिगमको निरिहताको कारण जन्मेको अभावबाट ब्यापारीहरुले फाईदा लिएको दावी गर्दै कम्पनीहरुले धेरै बिक्रीगर्नेलाई ग्यास दिने र थोरै उपभोक्तालाई विक्रीगर्नेलाई नदिएको कारण अभाव उत्पन्न भएको बताए ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बरौनी रिफाईनरी बन्द भएकोले केही अभाव भएपनि अहिले आपूर्ति सुचारु भईसकेको भन्दै आपूर्ति सुचारु हुँदा समेत किन सहजहुन सकेन भन्ने कारणको खोजीमा आफुहरु रहेको बताए ।

उनले एक दुई दिनमा पुरै आपूर्ति गर्न भारतीय आयल निगमसँग कुरा भईसकेको भन्दै त्यसपछि पुरै सहज हुने दावी गरे ।
ग्यास बिक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले उद्योगी र ठूला ब्यापारीहरुले पुराना विक्रेतालाई नदिई नयाँलाई दिने गरेकोले पनि समस्या उत्पन्न भएको दावी गरे ।

ग्यास बिक्रेता महासंघका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले ठूलो ब्यापारी र उद्योगीहरुले ट्रकका ट्रक ग्यास विक्री गरिरहेको भन्दै राज्यले ठूलालाई कारवाही नगरी सानाहरुलाई मात्र कारवाही गरेर कारवाहीको नाटक रचेको आरोप लगाए ।

उनले तौल कम भएका ग्याँस बेच्ने कम्पनीलाई राज्यले कारवाही नगरेको तर साना व्यवसायीहरुलाई कारवाही गरेको भन्दै गुनासो गरेकाथिए ।


  •  
  •  
  •