ग्यासको चरम अभाव : सरोकारवाला आरोप–प्रत्यारोपमा

326
  •  
  •  
  •  

काठमाडौ, २२ पुस (ओएनएस) : बजारमा खाना पकाउने ग्यासको चरम अभाव जारी रहदा सरोकारवाला भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् । ग्यासको अपूर्ति गर्ने नेपाल आयाल नियम र ग्यास विक्रेता महासंघ आफुहरुको दोष नभएको भन्दै एक–अर्कालाई आरोप लगाएर पन्छिएका हुन् ।

राजधानीमा मंगलबार भएको एक कार्यक्रममा नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोईतले पछिल्लो समयमा बजारमा देखिएको ग्यासको अभाव निगमको कारण नभएको भनि पन्छिए ।

तर नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले सहज आपूर्ति गर्न नसकेसम्म एक वर्षमा पनि ग्यासको आपूर्ति सहज नहुने भन्दै सरकारकै कारण अभाव सृजना भएको आरोप लगाए ।

निर्देशक गोईतले भारतले पहिला नै रिफाईनरी मर्मतको लागि बन्द हुने जानकारी दिएकोले अभाव आफूहरुको हात नभएको स्पष्ट पार्दै पन्छन खोजे ।  डिसेम्बर महिनामा २५ हजार मेट्रिक टन ग्यास माग रहेकोमा १८ हजार ८ सय ८६ मेट्रिक टनमात्रै ग्यास आएकोले बजारमा अभाव देखिएको भन्दै आगामि एक साताभित्र अभाव हट्ने विश्वास ब्यक्त गरे ।

ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बरौनी रिफाईनरी मर्मतको क्रममा बन्द भएकोले बजार माग्यासको अभाव भएपनि अभावमा डिलरहरुको समेत बदमासी रहेको आरोप लगाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपूर्ति मान्त्रालय र आयल निगमलाई सहज अपूर्ति गर्न निर्देशन दिएको थियो । निर्देशनपछि मन्त्रालय र निगमले सात दिनभित्र सहज पार्ने बताएपनि आभाव भने बढ्दै गएको छ ।

राज्य ग्यासको आपूर्ति गर्न असफल भएको भन्दै यस्तै अवस्थामा आगमि माघ महिनासम्म बजारमा अभाव कायम रहने अर्यालको अनुमान छ । उनले अहिले सम्ममागको ४० प्रतिसत मात्रै आपूर्ति भएको भन्दै अनुगमनको नाममा ग्यास सहज गर्न नसकिने बतए । उनले भने–‘यो उपभोक्तालाई अल्मल्याउने खेलमात्रै हो ।’

अहिले उपभोक्ताले खाना पकाउने ग्यासको सबैभन्दा बढि अभाब ब्यहोर्नु परेको छ । आयल निगमले ग्याँय आपूर्ति गर्ने आइओसीको बरौनी रिफाइनरी मर्मत लागि एक महिना बन्द भएपछि बजारमा अहिले खान पाकाउने ग्याँको अभाव भएको हो । निगमले उक्त बरौनीबाट महिनामा १२ हजार टन ग्यास ल्याउने गर्छ । एक महिनाको लागि बन्द भए भएपछि यो महिना (जनवरी) को लागि ७ टन ग्याँस अपुग भएकोले बजारमा अभाव भएको हो । अघिल्लो महिना डिसेम्बरमा १६ हजार टनस ग्यास आपूर्ति गरेको थियो ।

राष्ट्रिय उपभोक्ता हितमञ्चकाअ ध्यक्ष प्रेमलाल महर्जनले समाजमा ग्यास निर्विकल्प साधन भई सकेकोले कडा अनुगमन गरेर सहज बनाउनु पर्ने भन्दै अहिले आयल निगमकै कारण अभाव भएको आरोप लगाउछन् ।


  •  
  •  
  •