बजारमा पेट्रोलियम पदार्थको चरम अभाव

82
  •  
  •  
  •  

काठमाडौं, २१ पुस (ओएनएस)  : बजारमा पेट्रोलियम पदार्थमा देखिएको चरम अभाव लम्बिदै गएको छ । महिनाको सुरुवातदेखि खाना पकाउने ग्यास र पेट्रोल तथा डिजेल अभाव भएपछि उपभोक्ताहरुले सास्ती खेपिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपूर्ति मान्त्रालय र आयल निगमलाई सहज अपूर्ति गर्न निर्देशन दिएको थियो । तीन दिनअघि दिएको उक्त निर्देशनपछि मन्त्रालय र निगमले सात दिनभित्र सहज पार्ने बताएपनि आभाव भने बढ्दै गएको छ ।

अहिले उपभोक्ताले खाना पकाउने ग्यासको सबैभन्दा बढि अभाब ब्यहोर्नु परेको छ । आयल निगमले ग्याँय आपूर्ति गर्ने आइओसीको बरौनी रिफाइनरी मर्मत लागि एक महिना बन्द भएपछि बजारमा अहिले खान पाकाउने ग्याँको अभाव भएको हो ।

निगमले उक्त बरौनीबाट महिनामा १२ हजार टन ग्यास ल्याउने गर्छ । एक महिनाको लागि बन्द भए भएपछि यो महिना (जनवरी) को लागि ७ टन ग्याँस अपुग भएकोले बजारमा अभाव भएको हो । अघिल्लो महिना डिसेम्बरमा १६ हजार टनस ग्यास आपूर्ति गरेको थियो ।

यता पेट्रोल र डिजलेको अभापपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौँमा सञ्चालित पेट्रोल पम्पको अनुगमन गरेको छ । उपत्यकामा रहेका सय भन्दा बढि पेट्रोल पम्पलेहरुले बजारमा माग अनुसारको वितरण गर्न सकेको छैन ।

निगमले पेट्रोल पम्पलाई उपलब्ध गराएको डिजेल केही घन्टाभित्र नै सकिने गरेको छ । कुनै पेट्रोल पम्पले डिजेल मात्र बिक्री गरेका छन् भने कुनै कुनैले पम्पले मात्र पेट्रोल तथा डिजेल दुवै बिक्री गर्दै आएका छन् । यस्तै डिजेल बजारमा नहुँदा साधारण उपभोक्ता मारमा परेका छन् ।

निगमका अनुसार बजारमा ४५० किलोलि पेट्रोल र ५५० किलोलि डिजेल उपत्यकामा खपत हुँदै आएको छ । निगमले ग्यासमा अभास भएको स्वीकारे पनि पेट्रोल र डिजेजलको अभाव भने नभएको बताउँदै आएको छ ।


  •  
  •  
  •