जब मन्त्रीले पाइपबाट ग्यास बाले…

65
  •  
  •  
  •  

काठमाडौं १३ माघ ।
केही पत्रकार र मन्त्रालयका आफ्ना दलबलसहित मंगलबार अपरान्ह टेकुको पचली पुगेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जमीनमुनिबाट फुसफुसाइरहेको प्राकृतिक(मिथेन) ग्यास लाइटर बालेर सल्काउँदा ग्यास अभावले पीडित स्थानीय पनि केही आशावादी देखिए।  ‘ओहो कस्तो मजाले बल्दो रहेछ,’ हेर्नेको भिडबीच स्थानीयवासी आवाज सुनिँदै थियो, ‘यस्तरी मजाले बल्ने ग्यास अहिलेसम्म खेर गइरहेको रहेछ।’ ग्यास आएको थाहा नपाएको तर वेलबाट आएको तातो पानीमा नुहाउने गरेको अनुभव पनि छ कतिपय स्थानीयको। ‘हामी त यो वेलबाट आउने तातो पानीमा नुहाउने लुगाधुने गथ्र्यौं,’ काठमाडौं–१२ टेकुका रामकुमार देउलाले भने, ‘ग्यास आउँछ रे भनेको सुनेको हो तर थाहै थिएन यसरी आउँछ भनेर।’

गत वैशाख १२ को भूकम्पले टेकुको जम्बुद्विप मार्गमा बन्द अवस्थामा रहेको खानी तथा भूगर्भ विभागको ग्यास वेल(कुवा) हल्लिँदा छेउछाउबाट मिथेन ग्यास लिकेज भइरहेको छ। त्यही ग्यासलाई संकलन गरी मन्त्री पाण्डेले बालेर देखाएका थिए। टेकु क्षेत्रमा रहेका ३ ओटा वेलबाट संकलन गरिएको ग्यास विभागले टेकु अस्पताललगायत सरकारी निकायहरुमा अन्डरग्राउण्ड पाइपलाइनमार्फत वितरण गर्दै आएको थियो। तर, अनेक राजनीतिक स्वार्थको चेपुवामा परेर २०५५ सालमा टेकु पचलीस्थित उक्त ग्यास च्याम्बर बन्द भएको थियो।

देशले भारतको नाकाबन्दी भोगिरहेका बेला आम नागरिक खाना पकाउने ग्यास अभाव झेलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सायद यही ग्यास वेलहरुबाट संकलन गरेर वितरण गरिएको ग्यास आयोजनालाई सम्झिएर हुनुपर्छ, पाइपलाईनबाट घरघरमा ग्यास वितरण गर्न सकिन्छ भनेर बोलिदिए । करिब दुई साताअघिको उनको यो भाषणले निकै चर्चा बटुल्यो। टुक्का हालेर भाषण गर्ने छवी बनाएका प्रधानमन्त्रीले पाइपलाइनमा ग्यास बाँड्ने कुरा गरेर आफूहरुमाथि नै मजाक उडाइरहेको सम्झिए आम नागरिकले। सामाजिक सञ्जालहरुमा, चियाचौतारा र जमघटहरुमा प्रधानमन्त्रीको यस्तो व्यंग्यमाथि आक्रोश पोख्नेहरुको जमात बढ्दै गयो। आफूले बोलेको कुरा सत्य सावित गरेर देखाउने चुनौती प्रधानमन्त्रीमाथि बढिरहेको छ।

ग्यास वेल सञ्चालन गर्ने विभागीय निकाय उद्योग मन्त्रालयका नेतृत्वकर्ता उद्योगमन्त्री सोमप्रसाद पाण्डेमाथि भने उनै प्रधानमन्त्री ओलीको दबाब बढेको छ यतिबेला । त्यही दबाब झेल्दै मन्त्री पाण्डे हातमा लाइटर लिएर कहिले इमाडोल त कहिले टेकु पुगेर जमिनमुनीको ग्यास बालेर देखाउँदै छन्। ‘उपत्यकाका २५ वर्गकिलोमिटर क्षेत्रफलभित्र विभिन्न ७२ स्थानमा ग्यास वेल निर्माण गरी ग्यास निकाल्न सकिने सम्भावना रहेको अध्ययनहरुले देखाएका छन्,’ नागरिकसँगको कुराकानीमा मन्त्री पाण्डेले भने, ‘शुन्य दशमलव ७५ घनमिटरका दरले प्रतिदिन ग्यास खपत गर्ने हो भने उपत्यकाका २० हजार परिवारलाई ५० वर्षसम्म पुग्ने ग्यास रहेको अनुमान छ।’

मन्त्री पाण्डेका अनुसार गत सातादेखि उपत्यकामा रहेका ग्यास वेल सफा गर्न सुरु गरिएको र १ महिनाभित्र वेल सफा गरिसकिने छ। वेल बन्दहुनुअघिकै हालतमा रहेको अवस्थामा ३ महिनाभित्र ग्यास प्रयोग गर्न सकिने छ। नागरिकबाट


  •  
  •  
  •