पाटनमा ग्यास सिलिन्डर पडकिँदा दुई जनाको मृत्यु

188
  •  
  •  
  •  

काठमाडौं ८ जेठ । पाटनको हौगलस्थित इलाछेंमा शुक्रबार दिउँसो तामा पित्तलको ज्यास: (काम गर्ने ठाउँ) मा ग्यास सिलिन्डर पडकिँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  कृष्णगोविन्द ताम्राकारको घरमा भएको घटनामा मृत्यु हुनेमा सुरेश ताम्राकार र ध्रुव ताम्राकार छन् । प्रहरीका अनुसार सुरेश ताम्राकारको पाटन अस्पताल र ध्रुवको कीर्तिपुर मोडल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

राजेश ताम्राकार, कृष्णगोविन्द्र ताम्राकार र कविना ताम्राकार घाइते भएको प्रहरी परिसर जावलाखेलका एसएसपी पीताम्बर अधिकारी जानकारी दिए । सख्त घाइते भएकाको थप उपचारका लागि पाटन अस्पतालबाट कीर्तिपुर मोडल अस्पताल रिफर गरिएको थियो ।

प्रहरीका अनुसार पाँचतले घरको भुईं तलामा काम गरिरहेको अवस्थामा दिउँसो करिब १ बजेतिर सिलिन्डर पडकिएको थियो । सिलिन्डर पडकिएर पहिलो तलाको दलिनमा प्वाल परेको छ । आगो ३ तलासम्म फैलिएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरबाट दमकल मगाइएको थियो । सँगैको किराना पसल पनि पूर्ण रूपमा ध्वस्त बनेको छ ।


  •  
  •  
  •