काठमाडौंको नयाँ बजारमा ग्यास सिलिण्डर विष्फोट, ४ जना घाइते

76
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको नयाँ बजार फलफुल चोकमा रहेको एक घरमा ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् । विस्फोटमा १० घरमा क्षति पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार नीलकुमार क्षेत्रीको घरमा विस्फोट भएको हो । किरियापुत्री बसेको घरमा ग्यास विस्फोट भएको थियो । पहिले ग्यास लिक भएर विस्फोट भएको हो ।

विस्फोटमा कम्तिमा पनि १० वटा घरमा झ्यालका सिसा फुटेका छन् । विस्फोटमा घाइते भएकाहरुलाई मनमोहन अस्पताल लगिएको छ ।

तस्बिर–स्टुडेन्ट अफ नेपालको फेसबुक पेजबाट


  •  
  •  
  •