ग्यास सिलिण्डर विस्फोट : दुईजनाको मात्रै परिचय खुल्यो

528
  •  
  •  
  •  

सिन्धुपाल्चोक, १२ चैत(ओएनएस) : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चाकुमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा मृत्यु भएकामध्ये दुईजनाको मात्रै परिचय खुलेको छ ।

फाइल तस्बिर

शिवश्री हाइड्रोपावरको सीआरसी ठेकेदार कम्पनीमा सोमबार बेलुका विस्फोट हुँदा मृत्यु भएकामध्ये दोलखा सिपाश्वरका २३ वर्षका भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षका सञ्जुक लामाको मात्रै परिचय खुलेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी गराएका छन् ।

खाजा बनाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको र शव क्षतविक्षत भएकाले पहिचान खुल्न समस्या भएको उनको भनाइ छ ।


  •  
  •  
  •