आइतबारदेखि ग्यास नेसनल ट्रेडिङबाट बितरण

396
  •  
  •  
  •  

काठमाडौं १० माघ ।
ग्यासको चरम अभाव भएका बेला सरकार र निजी क्षेत्रको पहलमा तीन दिन सम्म नेसनल ट्रेडिङको जग्गामा स्टल राखेर ग्यास बिक्री गरिने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास बिक्रेता महासंघ, नेपाल आयल निगम र उद्योगीले शुक्रवार गरेको निर्णय अनुसार आइताबारबाट विहान ११ बजेदेखि ५ बजेसम्म नेसनल ट्रेडिङको जग्गामा स्टल राखेर ग्यास बिक्री गर्न लागिएको छ ।

 सरकार र निजी क्षेत्रसँग भएको छलफलपछि तीन दिनका लागि स्टल राखेर ग्यास विक्री गर्ने निर्णय भएको हो । ‘वाणिज्य मन्त्रीले निजीक्षेत्रका पदाधिकारीलाई बोलाएर तीन दिनसम्म सो क्षेत्रमा ग्यास बिक्री गरौं भनेर प्रस्ताव राख्नुभयो,’ बैठकमा सहभागी अर्यालले भने, ‘त्यसलाई निगम तथा उद्योगी ब्यवसायीले सकारात्मक रुपमा लिएपछि निर्णय भएको हो ।’

मन्त्रालय कसरी अहिले भएको ग्यास अभाव हटाउने भन्नेमा निरन्तर लागिरहेको छ । त्यसैअनुरुप नेसनल टे्रडिङको जग्गामा तीन दिनसम्म ग्यास बिक्री गर्न लागेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । ग्यास अभावले उपभोक्ता मारमा परेपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले आपूर्ति ब्यवस्था सहज बनाउन यो संयन्त्र मार्फत बिक्री गर्न निर्देशन दिएका थिए ।
उपभोक्ताले एक हजार चार सय ७० रुपैयाँमा ग्यास पाउँछन् भने उद्योगीले नेसनल टे्रडिङलाई एक हजार चार सय ३९ रुपैयाँमा बिक्री गर्छन् ।
नागरिकबाट


  •  
  •  
  •