गर्मीले जनजीवन प्रभावित(फोटो फिचर)

120
  •  
  •  
  •  

काठमाडौं । शनिबार र आइतबार गर्मी अत्यन्त बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ८ : ४५ बजे काठमाडौंको तापक्रम २७ दशमलव ८ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

यस्तै तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ ।  गर्मी बढेसँगै, सिराह, महोत्तरी लगायतका तराईका जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ ।

यस्तै बारा जिल्लाभरिका र वीरगञ्ज नगरभरिका विद्यालय एकहप्ताका लागि बन्द गरिएको छ ।
आइतबार केही ठाउँमा दिउँसोपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


  •  
  •  
  •