गरिमालाई झोलाभरी खुसी

158
  •  
  •  
  •  

सम्झना गैरे
काठमाडौं, १ असार (ओएनएस) । स्टेजमा बहुरंगी बत्तिको झल्याक–झुलुक छ । मानिसहरु ठाँटिएर बसेका छन् । उद्घोषक बन्द खामबाट कार्ड निकाल्छन् र भन्छन्,‘उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन्…’

श्वास रोकेर बसेकी गरिमालाई उद्घोषकले ‘पज’ लिंदै बोल्दा अँझ बेचैन बनाउँछ । उनको कान आफ्नो नाम सुन्न लालायित हुन्छन् । ‘अफ्कोर्स, द विउटीफुल लेडी इज नन अदर देन गरिमा पन्त,’ हल तालिले गडगडाहड हुन्छ । गरिमाको अनुहारको लाली अँझ गाढा बन्छ । बधाई दिनेको घेरा छिचोल्दै मन्द मुस्कानका साथ अवार्ड विजेता अभिनेत्रीको सम्मान थाप्न उनी स्टेजमा उक्लिन मात्र के लागेकी हुन्छिन्, एकाएक अँध्यारो छाउँछ । उनी स्टेजमै लड्छिन् । पीडा सुम्सुम्याउँदै जुरुक्क उठ्न खोज्दा बिउँझिन्छिन् । ‘धत्, फेरी सपना पो देखेकी रहिछु,’ सपना हराएपछि उनी आफैंसँग लाज मान्थिन् ।

10375995_10201123732254623_3892934139513567188_n

उनको जीवनमा यस्ता सपना धेरै पटक दोहोरिए । तर, विपनामा यस्तो सौभाग्य कहिल्यै जुरेन । काममा उनी दत्तचित्त भएर लाग्थिन् । त्यसैले देशमा हुने अवार्ड कार्यक्रमको मिति नजिकिंदै गर्दा अवार्ड उचालेको सपनाले उनलाई लखेट्थ्यो । ‘सधै अवार्डमा नोमीनेसमनमा पर्थेँ, लाग्थ्यो यो बर्षको अवार्ड त मैले जित्छु । पुरा तयारीका साथ स्टेजमा उक्लिेर अवार्ड उचाल्दै सफलताको हात हल्लाउने चाहाना हुन्थ्यो,’ तर, उनले यस्तो अवसर कहिल्यै पाईनन् ।
लामो अभिनय यात्रामा यस पटक भने उनलाई ठूलो अवार्ड मिलेको छ । पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय । अहिले गरिमा दंग छिन्, पहिलो चोटी नै अन्तराष्टिय अवार्ड पाएकोमा ।
हालै श्रीलंकामा सम्पन्न सार्क फिल्म फेष्टिभलमा उनले ‘झोला’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाईन् । तर, सपनामा देखेजस्तो हात हल्लाउँदै अवार्ड समाउन जाने मौका पाईनन् । महोत्सवमा सहभागी निर्देशक यादव भट्टराईले गरिमाको अवार्ड ल्याईदिए ।

‘निर्देशक यादब भट्टराइले फोन गरेर मैले अवार्ड पाएको जानकारी गराउनुभयो, एकछिन अक्क न बक्क भएँ । बिस्तारै खुसीलाई समाल्दै उहाँलाइ पनि बधाई दिए । आखिर उहाँकै सिनेमाबाट त हो मैले अवार्ड जित्न सकेको’, उनले पहिलो सफलताको अनुभव सुनाइन् ।

‘सयौं दर्शकका अगाडी स्टेजमा उक्लेर अवार्ड उचाल्ने सपना त सपनानै रह्यो नि ?’ ओएनएसन्यु्जको यस प्रश्नमा उनले बिस्तारै भनिन्, ‘अभिनय पनि रङ्गीचङ्गी थिएन, अवार्ड पनि त्यसैगरी सादा माहोलमा पाएँ ।’ उनलाई अहिले प्रतिक्षा र धैर्यको फल मिठो हुन्छ भन्ने उक्ति सही लागेको छ ।

कृष्ण धारावासीको कथामा बनेको फिल्म ‘झोला’ बाट सफलताको स्वाद चाखेकी गरिमालाई यतिबेला ‘जस्तो मेहनत त्यस्तै फल’ पाएको अनुभव भइरहेको छ । जयकलाको भूमिका निर्वाह गर्न अनेकौं तयारी र दुःख उठाउनु परेको स्मरण ताजै छ उनीसँग । सधैभरी क्यामरा अगाडी चिरिच्याट्ट भएर सजिने गरिमा झोलामा भने, अबोध, दुःखी, अबला पात्रको रुपमा अभिनय गर्दै थिइन् ।

‘सधै राम्री बन्न मेकअप गर्ने मैले यो फिल्मका लागि जतिसक्यो ‘कुरुप’ बन्नुपर्यो’, उनले भनिन्, ‘ऐनामा आफ्नै अनुहार हेर्दा दया लाग्थ्यो ।’ पात्रलाई न्याय गर्नेका लागि उनले भरसक प्रयास गरिन् । एक महिना नुहाइनन् । कपाल पनि कोरिनन् । धाधिङको अनकन्टार गाउँमा सुटिङ हुने तयारी हुदैगर्दा उनी आफूलाई गरिमाबाट जयकला बनाउन लागिपरेकी थिइन् । ‘जीवनकै अवस्मरणीय अभिनय हुनेछ यो मेरो । ग्ल्यामरस अभिनेत्री बन्ने होडबाट टाढिदै म ‘सती’ बन्न जंगल पसे’, उनले फिल्म खेल्दाको क्षण सम्झिइन् । फिल्मको पुरै कथा उनको वरीपरी घुमेकाले उनलाई सकभर राम्रो गर्नूृपर्ने चुनौती आइलागेको थियो । पात्रलाई जीवन्तता दिने धुनमा उनले आफैलाई विर्सिइन् । हुँदाहुँदा सुटिङ स्पटमा उनलाई ‘जयकला’ भनेर बोलाउन थालियो ।

garima3

‘हो म विसुद्ध जयाकला बने, गरिमाको अस्तित्व खोज्ने कोशिस पनि गरिन मैले । आखिरमा यो अवार्ड पनि जयकलालेनै त पाएको हो नी’, उनले हाँस्दै सुनाइन्, ‘म त माध्यम मात्र बने, सफलता त जयकलाकै हो ।’ उनले पुरै चरित्रमा डुबेर अभिनय गरेको फिल्म झोला नै हो भन्न डराइनन् । ‘सबै फिल्ममा पात्रअनुसारको अभिनय त गरिन्थ्यो । एक्सन र कटको सेरोफेरोमा अभिनय गर्ने मैले झोलाका लागि भने सुटिङ अबधिभर ‘कट’ भन्नै लगाइन ।’ उनी हरेक क्षण जयकला बन्न रुचाइन् । नाङ्गै खुट्टा ओकाली ओराली गर्नुे, अनुहारमा पात्रको बेदनालाई स्थायित्व दिनु, पुषको कठ्ङग्रिदो जाडोमा हिम्मतका साथ खोलामा पसेर कारुण अभिनय गनृर््सक्नुलाई नै उनले कलाकारको पहिलो सफलता मानेकीछन् । ‘म अभिनेत्री त पहिलो सिनेमा खेल्दैमा बने, तर सफल कलाकार बल्ल बनेको महसुस गरेको छु’, उनी गर्भका साथ भन्छिन्, ‘झोलाले मलाई झोलाभरीको खुसी दिएको छ ।’


  •  
  •  
  •