गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९९ पुग्यो

407
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप दुईमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २३ र ३२ वर्षीय २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।


  •  
  •  
  •