गांगुलीले भने, ‘सहवाग र युवराज खेल्नका लागि फिट छैनन्’

66
  •  
  •  
  •  

sourav-gangulyकाठमाडौ, २ कात्तिक (एजेन्सी) : भारतीय क्रिकेट टोलीका पूर्व कप्तान अहिले आफू टोलीमा फर्कनका लागि संघर्ष गरिरहेका छन् । उनले वीरेन्द्र सहवाग र युवराज सिंहजस्ता दिग्गज क्रिकेटरहरूको युग सकिएको बताएका छन् । गांगुलीले दुवै क्रिकेटरलाई सन् २०१५ को विश्वकपमा फिट नरहेको दावी समेत गरेका छन् ।

एक भारतीय मिडिया हाउसको कार्यक्रममा भाग लिँदै उनले भने, ‘सहवाग र युवराजले सन् २०१५ का लागि खेल्न पाए टोलीलाई निकै मुश्किल हुनेछ । अब यो प्रतियोगिताका लागि धेरैदिन बाँकी छैन्, र कप्तान धोनी आफ्नो टोलीमा धेरै परिवर्तन पनि गर्न चाहँदैनन् ।’

भारतीय क्रिकेटका युवा क्रिकेटरलाई प्राथमिकता दिनका लागि चिनिएका पूर्व कप्तान गांगुलीले सेहवाग र युवराजको निकै प्रशंसा गर्दै उनीहरू खेललाई जिताउन सक्ने खुवी भएका खेलाडी रहेको बताए । तर, उनीहरू भारतीय राष्ट्रिय टोलीमा फर्कन निकै मुश्किल रहेको बताए । गांगुलीले भने, ‘यी दुवै उत्कृष्ट खेलाडी हुन् तर, समयले यी दुवैलाई हराइदियो । अव युवा खेलाडीको समय हो ।’

सहवाग, युवराज र हरभजन जस्ता क्रिकेटरलाई अन्तराष्ट्रिय क्रिकेटमा स्थापित गराउने श्रेय गांगुलीलाई नै दिने गरिन्छ । दुवै क्रिकेटर लामो समय भारतीय टोलीबाट बाहिर छन् र खराब फर्मका कारण समस्यामा देखिन्छन् ।


  •  
  •  
  •