पतिलाई बाँधेर ८ जनाले गरे महिलाको बलात्कार

172
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, १० फागुन(एजेन्सी) :  हरियाणामा पतिलाई डोरीले बाँधेर पत्नीलाई सामूहिक बलात्कार गरेका छन् । हरियाणाको तोसाममा पत्नीमाथि गरिन लागेको दुराचारको विरोध गरेका महिलाका पतिलाई डोरीले बाँधेका थिए ।

ती दम्पत्तीको स्थायी बासस्थान हिसार भएपनि उनीहरू त्यहाँ टायर पक्चर टाल्ने पसल गर्दै आएका थिए । पीडित महिला आफ्नो पतिलाई भेट्न आएकी थिइन् ।

महिलाले प्रहरीमा मुद्धा दर्ता गरेकी छिन् । भिवानीका सिभिल अस्पतालमा पीडिताको मेडिकल जाँच गराइएको थियो । अहिले घटनाको छानविन भइरहेको छ ।

पीडिताले प्रहरीमा दिएको बयानमा आफ्नो पति ७-८ वर्षदेखि तोशाम गाउँको कन्या विद्यालयको नजिकै पण्चर टाल्ने काम गर्दै आएको बताएकी छीन् । शुक्रबार उनी आफ्नो पतिलाई भेट्न आएकी थिइन् । उक्त राती केही व्यक्ति पसलमा आए र उनका पतिलाई गाडीको पञ्चर टाल्न आग्रह गरे ।

उनका पतिले यति राती पञ्चर नटाल्ने बताएको उनले प्रहरीसामू बताएकी छिन् । उनले यसपछि ती मानिसहरुले आफूहरू निकै टाढा जानुपर्ने भएको भनेपछि उनका पति पञ्चर टाल्न राजी भएका थिए ।

यसै क्रममा ती मानिसहरुको नजर आफूमाथी परेको र पतिसँग आफ्नो बारेमा सोधपुछ गर्न लागेको उनले बताइन् । पतिले मेरो पत्नी भएको र घरबाट मलाई भेट्न आएकी भन्ने जवाफ दिएका थिए । यति सुनेपछि उनीहरू पसलमा छिरे र आफूलाई दुराचार गर्न लागे । जब उनका पतिले विरोध गरे तब उनलाई पिटे र डोरीले बाँधे । यसपछि उनीहरुले आफूलाई अज्ञात ठाऊँमा लगे र त्यहाँ उनको बलात्कार गरेका थिए । उनका अनुसार त्यहाँ ८ जना मानिस थिए ।

आफ्नो बलात्कार गरेपछि उनलाई पसलमा छाडेर पतिबाट ३२ हजार रूपैयाँ र डिभिडी लुटेर लगेका थिए । आरोपीहरूले घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्की समेत दिएको उनले बताइन् ।

प्रहरीले घटनामा संलग्न भएकाहरूको खोजी गरिरहेको बताएका छन् ।


  •  
  •  
  •