सरोज दाहाल
काठमाडौ, १९ साउन(ओएनएस) : एमाओवादीले नेता डा. बाबुाराम भट्टराई पक्षधर दुई केन्द्रीय नेतालाई साधारण सदस्य समेत नहुने गरि कारबाही गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले नेताहरु गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई साधारण सदस्यमात्रै रहने गरि बाँकी जिम्मेवारीबाट निलम्बन गरिएको कोषाध्यक्ष हरिबोल गजुरेलले ओएनएस न्युजलाई बताए । श्रेष्ठ नेता डा. भट्टराई प्रधानमन्त्री हुँदा उनका प्रमुख स्वकिय सचिव थिए भने यादव प्रेस सल्लाहकार थिए ।
त्यस्तै बैठकले नेता भट्टराई, सचिव टोपवहादुर रायमाझी र स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल
अबको स्थायी समितिको बैठकमा नआए उनीहरुलाई
त्यस पदबाट मुक्त गर्ने निर्णय गरेको छ । ‘उहाँहरुले पद स्विकार गर्नु भएको
छैन त्यसैले स्पष्टिकरण पनि सोध्ने कुरा भएन ।’, कोषाध्यक्ष गजुरेलले भने, ‘मौखिक रुपमा सोध्ने उहाँहरु अब आउनु भएन भने त्यो पदमा उहाँहरुलाई राख्न सकिदैन ।’
यस कारबाहीको बिषयमा आईतबार र सोमबार अध्यक्ष दाहालले भट्टराईसँग छलफल भने गरेका थिए । ‘विधान अनुसार म कार्वाही गर्न बाध्य छु’, अध्यक्ष दाहालले भट्टराईसँग भन्दा भट्टराईले, ‘त्यो तपाईहरुको कुरा हो’ भन्ने जवाफ दिएका थिए ।
श्रेष्ठ प्रमुख अतिथिको रुपमा र यादव विशिष्ट अतिथिको रुपमा उपस्थित भएर धनुषा जिल्लामा पार्टीको समानान्तर कमिटि गठन गरेको भन्दै कारबाही गरिएको हो ।
छिनोफानो गर्न केन्द्रीय कमिटी बोलाईयो
नेता भट्टराई पक्षधरले पार्टीमा समानान्तर कमिटि चलाएको र औपचारीक बैठकमा सहभागी नभएको भन्दै एमाओवादीको संस्थापन पक्षले केन्द्रीय कमिटीको बैठकमार्फत छिनोफानो लगाउने भएको छ । जसको लगि ११ भदौ देखि केन्द्रीय कमिटीको बैठक राखिएको कोषाध्यक्ष गजुरेलले बताए । उनले भने, ‘केन्द्रीय कमिटिको बैठकमा गम्भिर छलफल हुन्छ त्यसमा सहमती भएन भने अब यसैगरि सँगै बस्ने अवस्था हुँदैन ।’
पार्टीलाई फुटको बाटोमा लगियो : देवेन्द्र पौडेल
भट्टराई पक्षिय नेता देवेन्द्र पौडेलले एमाओवादीलाई फुटको बाटोमा लगेको बताएका छन् । स्थायि समितिले दुईजनालाई कर्वाही गरेको बिषयमा सोमवार साँझ ओएनएस न्युजसँग कुरा गर्दै नेता पौडेलले तत्काल कारबाही फिर्ता लिएर यस अगाडिको सहमती अनुसार अगाडि नबढ्ने हो भने पार्टी फुटको बाटोमा जाने बताए । उनले भने “यस अगाडि बनेका विवाद हल गर्ने र बहसलाई ब्यवस्थित गर्ने समितिलाई सकृय बनाएर महाधिबेशनको मिति तोक्नु पर्छ र सबै बिषय त्यसैबाट छिनोफानो लगाउनु पर्छ होइन यसैगरी कारबाही गर्दै जाने हो भने पार्टीलाई बिभाजनको बटोमा लाने छ ।”
उनले आफुहरु स्थायि समितिको बैठकमा नजाने पनि स्पष्ट पारे । “हामी बैठकमा नजाने उहाँहरुले किन नआएको भनेर पनि नसोध्ने भन्ने सहमती अनुसार वीचको बाटो खोजिएको हो ।” उनले भने “नत्र ६ जनाको र ३ जनाको कमिटी किन बन्थे त ? ”
एमाओवादी फुटको बारेमा यो पनि पढ्नुस्