प्रहरीलाई घुस दिनकालागि लुटपाट

88
  •  
  •  
  •  

crimeकाठमाडौ, ३१ असोज (एजेन्सी) : भारतको मध्यप्रदेशको सानो शहरमा लुटको घटनापछि लुटेराहरूले लुटेको ठाऊँमा एक चिठ्ठी छाडेका थिए । उनीहरूले केही भ्रष्ट प्रहरीहरूका कारण आफुहरूले बाध्य भएर लुट्न परेको बताएका छन् ।

हिन्दुस्तान टाइम्समा छापिएको खबर अनुसार लुटको घटना उमरिया जिल्लामा १२ अक्टुबरमा भएको थियो । पुटेराहरूले उक्त चिठ्ठी एक लिखित नोटका रूपमा छाडेका थिए । उनीहरुले एउटा दराजमा मार्करले लेखेर आफ्नो भनाई राखेका थिए । प्रहरी भ्रष्ट भएको आरोप लगाउँदै लुटेराहरूले नोटमा प्रहरी सव इन्सपेक्टर रमाकान्त पाण्डेसहित दुई अन्य जवानको नाम लेखेका थिए‍ । उनीहरुले लेखेका छन् यी तीन भ्रष्ट प्रहरी अधिकारी जबसम्म रहन्छन् तबसम्म यस्तो अपराध भइरहन्छ ।

चोरहरूले आफ्नो पुरा कुरा लेखेपछि सरी ‘माफ गर्नुस’ समेत लेखेका थिए र उनीहरूले आफुहरूलाई अपराध गर्नुभन्दा अन्य कुनै उपाय समेत नभएको लेखेका छन् ।

लुटको यो घटना पसलका मालिक राजा वासवानीले १३ अक्टुबर बिहान उनले आफ्नो पसल खोल्सा सामान हराएको थाहा पाएका थिए । उनीहरूले २५ हजार भारतीय रूपैयाँ बराबरको सामान लुटेको प्रहरीले बताएको छ ।

लुटको घटनाबारे जानकारी पाएपछि स्थानीय मानिसले थाना घेराऊ गर्दै विरोध गरेका थिए र प्रहरीमाथि अहिले भइरहेका अपराधमा मिलेको आरोप समेत लगाए  । नौरोजाबाद प्रहरीले स्टेशनका इन्चार्जले लुटेराहरूको आरोप मिथ्या भएको बताउँदै लुटेराहरूले प्रहरी प्रशासनलाई बदनाम गर्ने कोशीस गरिएको बताउँदै घटनाबारे जाँच समेत गर्नजे आश्वासन दिएका छन् ।


  •  
  •  
  •