बृद्ध पितालाई बन्धक बनाएर छोरीको सामुहिक बलात्कार

410
  •  
  •  
  •  

काठमाडौ, २ माघ(एजेन्सी) : भारतले मुजफ्फरनगरमा एक बृद्ध पितालाई बन्धक बनाएर चार जनाले उनकी विवाहिता छोरीको सामूहिक बलात्कार गरेका छन् । आरोपीहरूले विवाहिताको भाईलाई ससुरालीसँग भइरहेको विवादका विषयमा फैसला गर्ने भन्दै बोलाएर ती महिलाको बलात्कार गरेका हुन् । पीडिताले आरोपीहरूविरुद्ध कारबाहीको आग्रह गरेकी छिन् ।

rape-case_thumbशहरको कोलोनीमा बस्दै आएका युवकको विवाह शाहपुर क्षेत्रको गाऊँ निवासी एक युवतीसँग करीब साढे दुई वर्ष अगाडि भएको थियो । विवादका कारण केही महिनादेखी पति-पत्नी छुट्टाछुट्टै बस्दै आएका छन् ।

बुधबार युवककी पत्नीको एक आफन्तले विवादका विषयमा फैसला गर्ने बहानामा युवक र उनका आफन्तलाई खालापारमा बोलाएका थिए । युवक घरमा नहुँदा साँझको समयमा उसका पितालाई आफ्नी विवाहिता छोरीको साथमा  कुरा गर्ने भन्दै लिएर गएका थिए ।

खालापारको एक घरमा लगेर चार मानिसले बृद्धलाई एउटा कोठामा बन्धक बनाएर अर्को कोठामा उनकी विवाहिता छोरीको सामूहिक बलात्कार गरेका थिए ।

उनीहरू बन्धन मुक्त भएर राती घरमा पुगे र बिहान दुवै कोतवाली शहरमा पुगेर घटनाबारे प्रहरीलाई जानकारी दिँदै उनीहरूलाई कारबाहीको माग गरेका थिए ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान गर्ने र चार जनालाई पक्राउ गरि कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।


  •  
  •  
  •