विवाहित महिलाको सामूहिक बलात्कार गर्ने दुई पक्राउ

103
  •  
  •  
  •  

rape-case_thumbखोटाङ, १९ पुस(ओएनएस) : प्रहरीले एक महिलालाई उनकै घरमा पसेर बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । खोटाङको बाक्सिलामा २५ वर्षीय विवाहित महिलालाई घरमा कोही नभएको मौका पारेर ढोका फोरी करेसाबारीमा लगेर बलात्कार गर्ने सुङ्देलका ४० वर्षीय डिल्लीशेर राई र ३० वर्षीय राजन राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ ।

पीडित महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएका दुईको साथबाट नोकिया फोन बरामद गरिएको र उक्त फोनमा अश्लिल शब्दहरू बोलेको अडियो समेत रेकर्ड भएको भेटिएको छ ।

पक्राउ परेका दुवैजनाले मातेको सुरमा आफूहरुले गल्ती गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

बाक्सिला प्रहरीले काठ काट्दै गरेको अवस्थामा जङ्गलबाट पक्राउ गरेका उनीहरुलाई अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।


  •  
  •  
  •