‘गणेशमान बलिदान अभियान’ नुवाकोटबाट धादिङ प्रस्थान गर्दै

135
  •  
  •  
  •  

नुवाकोट, १० फागुन  (ओएनएस) सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा जारी रहेको ‘गणेशमान बलिदान अभियान’ नुवाकोटको दुई पिपल आइपुगेको छ ।

हिजो बिहान चाउथेबाट प्रस्थान गरेको ‘गणेशमान बलिदान अभियान’ टोली कुमरी हुदै हिजो साँझ दुईपिपलको वडा नम्बर ६ डबली आइपुगेको हो ।

राणा शासनको विरोधी अभियानमा सक्रिय रहनुभएका नेता सिंहले विक्रम सम्वत २००१ साल असार ७ गते भद्रगोल जेल फोडेर भारत पुग्नुभएको बाटो पछ्याउदै नेपाली काँग्रेसले प्रजातन्त्र दिवसको अबशर बनाउदै फागुन सातगते भद्रगोल जेलबाट नै बलिदानी अभियान सुरु गरेको हो ।

दुईपिपल आएको अभियान टोली डबलीबाट आज दुईपिपलको कोल्पुटार हुदै धादिङको बैरेनी–गल्छी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भद्रगोल जेलबाट सुरु भएको बलिदानी अभियान काठमाडौँबाट धादिङ हुदै नुवाकोट र पुनः धादिङ हुदैँ गोरखा, लमजुङ, स्याङ्जा, पाल्पा, रूपन्देहीहुँदै भारत पुग्ने काँग्रेस नीति तथा प्रशिक्षण प्रंतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले जानकारी दिनुभएको छ ।


  •  
  •  
  •