गणेशनमानको जन्मशताब्दी आजदेखि

133
  •  
  •  
  •  

काठमाडैं २४ कात्तिक (ओएनएस) : नेपालको प्रजातन्त्रिक आन्दोलनका नेता गणेशमान सिंहको जन्मशताब्दी आजबाट सुरु हुने भएकोछ । नेपाली कांग्रेसले आजदेखि गतेदेखि एकबर्षसम्म जन्मशताब्दी बनाउने छ । आजबाट प्रारम्भ भएर २०७२ साल कात्तिक २३ गते समापन गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसले प्रजातन्त्रिक सङ्घ संस्था, शिक्षण संस्थान, मानवअधिकारवादी तथा सामाजिक प्रतिष्ठानहरुलाई आ–आफ्ना तर्फबाट अनुकूल समयमा कुनै न कुनै प्रकारका रचनात्मक कार्यक्रमको आयोजना गरी मनाउन गणेशमान सिंह फाउन्डेशनले आह्वान गरेको छ । अहिले काठमाडौ.का रत्नपार्कमा प्रधानमन्त्री, संविधानसभा अध्यक्ष सहित उच्च अधिकारीको सहभागितामा कार्यक्रम हुँदैछ ।

राणा शासनको अन्त्यका लागि २००७ सालको क्रान्ति र निर्दलीय पञ्चायत शासनको अन्त्य गरेर प्रजातन्त्रको पुनःस्थापनाका निम्ति २०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गर्ने गणेशमानले त्याग र बलिदानको उदाहरण प्रस्तुत गर्न प्रधानमन्त्रीको पद त्यागेका थिए ।

सिंहको जन्मशताब्दी वर्ष मनाउन फाउन्डेशनका अध्यक्ष एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सबैसँग आग्रह् गरेका छन् ।


  •  
  •  
  •