गणेश थापाद्वारा दुई महिना काम नगर्ने घोषणा

64
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनए) अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापाले २ महिनाका लागि एन्फाको अध्यक्षको पद छोडेको घोषणा गरेका छन् ।

सोमवारव पत्रकार सम्मेलन गर्दै थापाले नेपाली फुटबललाई दुर्घटनाबाट जोगाउन आफूले गम्भीर निर्णय गरेको भन्दै २ महिनासम्म अध्यक्षका रुपमा काम नगर्ने बताएका हुन् ।

थापाले कोषाध्यक्ष विराटकृष्ण श्रेष्ठले गरिरहेको काम अब सहकोषाध्यक्ष रबिन्द्र जोशीले गर्ने बताए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एन्फामा अनियमितता भएको बारेमा अनुसन्धान गरिरहेको छ । छानबिनमा असर पर्न सक्ने भन्दै लेखा समितिले थापा र श्रेष्ठ सहितका पदाधिकारीलाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको थियो ।


  •  
  •  
  •  

Comments are closed.