गणेश थापाविरुद्द उजुरी दिनेलाई कारबाही नगर्न लेखाद्धारा एन्फालाई निर्देशन

167
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस)  : संसदको सार्वजनिक लेखा समितीले अखिल नेपाल फुटबल संघ एन्फालाई बिशेष साधारणसभा नगर्न निर्देशन दिएको छ । गणेश थापाविरुद्ध उजुरी दिएकालाई हटाउने नियतले साधारण सभा बोलाउन थालिएको भन्दै समितीले खेलकुद मन्त्रालय मार्फत एन्फालाई साधारणसभा नगर्ने र उजुरीकर्तालाई नहटाउन भनेको हो ।

एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र केन्द्रीय सदस्य पंकज नेम्वाङले एन्फामा आर्थिक अनियमितता भएको र अध्यक्ष थापाले रकम हिनामिना गरेको भन्दै लेखा समिति र अख्तियारमा उजुरी दिएका छन् । एन्फाले भने विशेष अधिवेशन बोलाउने तयारी स्वरुप साउन २० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ ।


  •  
  •  
  •