किन परे गणेश थापा निलम्बनमा ?

154
  •  
  •  
  •  

ganeshकाठमाडौं, कात्तिक १९ (ओएनएस) :अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा २० बर्ष राज गरेका गणेश थापा जब एन्फाको आर्थिक अनियमितता छानबिन हुनुपर्ने आवाज उठ्थ्यो तब स्वदेशमा हुने छानबिनको कुनै तुक नहुने तर्क राख्थे ।

छानबिन भएको खन्डमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सरकारको हस्तक्षेप मान्ने र नेपालमा फुटबल खेल्न प्रतिबन्ध लगाउने भन्दै सबैलाई डर देखाउथे, थापा ।

तर यतिबेला आर्थिक अनियमितता गरेको भन्दै फिफाले नै पहेलो कार्ड देखाएपछि थापाको फुटबल राजनीति संकटमा परेको छ । एन्फामा भ्रष्टाचार भएको भन्ने उजुरीको आधारमा थापालाई मंगलबारदेखि लागु हुने गरि ४ महिनाको लागि निलम्बन गर्दै फिफाले थापालाई पहेलो कार्ड देखाएको हो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धको डर देखाएर स्वदेशमा बच्ने चाल चलेका थापा स्वयम् अन्तर्राष्ट्रिय प्रतिबन्धको नजिक छन् ।एन्फामा ब्यापक आर्थिक अनियमितता भएको भन्दै उजुरी दर्ता गराएका एन्फाका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन् ‘फिफाले आर्थिक अनिमितता भएकोबारे छानबिन गर्न थापालाई निलम्बन गरेको हो ।’ झण्डै साढे ३५ लाख अमेरिकी डलर (३४ करोड २८ नेपाली रुपैया) को उजुरीको आधारमा निलम्बनमा परेका थापा दोषि पाइएमा आजिवन प्रतिबन्धमा पर्नेछन् ।

यसअघि फिफाले एसियाली फुटबल महासंघका तत्कालिन अध्यक्ष मोहमद बिन हमामलाई लाखौ अमेरिकी डलर भ्रष्टाचार गरेको ठहर गर्दै आजिवन प्रतिबन्ध लगाएको थियो । हमामका विश्वासपात्र मानिने थापाको बिषयमा भने फिफा मौन रहदै आएको थियो । हमामसगको भ्रष्टाचार कान्डमा जोडिएका सामाचार पटक–पटक सार्वजनिक हु“दा पनि थापाबिरुद्ध फिफाले कुनै कदम चालेको थिएन ।
‘फिफाले यसअघि ्बलियो प्रमाण नपाउदा मौन बसेको हो ।’ शेर्पाले भने ‘फिफाले प्रमाणबिना आफ्ना सदस्यलाई निलम्बन गर्दैन । यसपटक फिफाले अनुसन्धान गरेर निलम्बन गरेको हुन सक्छ ।’ शेर्पाले अघि थपे ‘निष्पक्ष छानबिन हुनेमा ढुक्क छौ ।’

फिफाले अब निलम्बनमा परेका थापाबिरुद्ध फिफाको आचार संहिताको धारा ३६ अन्तर्गत कारवाहि गर्नेछ । गोपनीयताको ब्यवस्था रहेको उक्त धारामा फिफामा कार्ययत रहेका सदस्यहरुको सबै काम तथा गोप्य कुराको छानविन गर्ने सुनिश्चितता छ । साथै सदस्यहरुको निजि तथ्य समेत आवश्यक परेको खन्डमा लिन सक्ने पनि ब्यवस्था सो धाराले गरेको छ ।

 

फिफामा थापाबिरुद्ध पारेका उजुरी ।

-फिफा गोल प्रोजेक्ट ( सन् २००१–२०१२ सम्ममा ) आएको १८ लाख अमेरिकी डलरको अनियमितता । 

-एसियाली फुटबल महासंघ (एएफस) ले प्रशिक्षकको (एडीआई २७) लागि प्रदान गरेको १२ लाख ६० हजार डलर अनियमितता।

-फुटबल लिगको लागि कतार फुटबल एसोसिएसनले प्रदान गरेको २ लाख ६ हजार अमेरिकी डलर अनियमितता।

-थापाका जेठा छोरी गौरव थापाको ब्यक्तित खातामा एएफसीका तत्कालिन अध्यक्ष मोहमद बिम हमामबाट आएको १ लाख अमेरिकी डलर अनियमितता।

-बिम हमामको केम्को कन्ट्रक्सन कम्पनीबाट प्राप्त भएको १ लाख १५ हजार अमेरिकी डलर अनियमितता ।

-एएफसी च्यालेन्ज कपमा गेट टिकटबाट उठेको २ करोड ५४ लाख नेपाली रुंपैया अनियमितता।

यसअघि एन्फाका उपध्यक्षहरु शेर्पा र विजय नारयाण मानन्धरले एन्फामा भ्रष्टाचार भएको उजुरी दर्ता गराएका थिए । शेर्पा र मानन्धरले गत अक्टोबर १५ मा फिफाका अनुशासन प्रमुख मिचेल गार्डियालाई ई–मेलमार्फत उजुरी पठाएका थिए । उक्त ई–मेल फिफाका महासचिव जिरोम भाल्केले समेत पठाइएको थियो । उजुरीअघि आर्थिक अनिमिताका बिषयमा आवाज उठाउदै आन्दोलनमा उत्रिएका शेर्पा र मानन्धरलाई एन्फाले उपाध्यक्ष पदबाट निष्काशित गरेको थियो ।

उजुरी लगत्तै फिफा अधिकारीहरुले एन्फामा आर्थिक अनियमितता भएको हुनसक्ने बताएका थिए । सन् २०१२ मा एन्फाले बुझाएको लेखा प्ररिक्षण सन्तोषजनक नभएको तथा नगदको प्रवाह सहि तरिकाले नभएकोले एन्फा अनुसन्धानको घेरमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको थियो । लेखा परिक्षण सन्तोषजनक नपाइएपछि फिफाले सन् २०११–१२ नेपालको फरेन्सिङ अडीड गरेको थियो ।

यसअघि असोजको पहिलो साता संसदको लेखा समितिले पनि एन्फाले ५८ करोड रुैपया“ भ्रष्टाचार गरेको ठहर गर्दै कारवाहि अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धिकरण आयोगलाई निर्देशन दिएको थियो ।

शेर्पाले दिएको उजुरुको आधारमा समितिले अनुन्धान गर्दै एन्फामा ब्यापक भ्रष्टाचार भएको भन्दै थापालाई अध्यक्ष पदबाट निलम्बन गर्न खेलकुद मन्त्रालयलाई सिफारिस गरेको थियो । लेखा समितिको उक्त निर्णयपछि पनि एन्फा नछाड्ने मुडमा देखिएका थापा अघिल्लो महिना फिफाका अधिकारीले एन्फामा अनिमितता भएको भन्ने धारणा सार्वजनिक गरेपछि पछि भने हाटेका थिए । लगत्तै थापाले आफ्ना विश्वासपात्र ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक सुम्पदै पद त्यागेको थिए ।

 

 


  •  
  •  
  •