काभ्रे र ललितपुरका दुई डन पराजित

गणेश लामा र मीनकृष्ण दुवैको यात्रा समाप्त
286
  •  
  •  
  •  

काभ्रे क्षेत्र नम्बर १(ख)मा एमालेका उम्मेदवार चन्द्र बहादुर लामा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार गणेश लामालाई ४१ सय ७७ मतले पराजित गरी उनी विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार चन्द्रले २४ हजार ४ सय ४७ मत ल्याए भने गणेशले २० हजार २ सय ७० मत । काभ्रेका क्षेत्र नम्बर १(क)मा माओवादी केन्द्रका रत्न ढकाल विजयी भइसकेका छन् । प्रतिनिधिसभामा पनि माओवादी केन्द्रका उम्मेदवार गंगा बहादुर तामाङ विजय भएका छन् ।

यस्तै, ललितपुरको क्षेत्र नम्बर १ प्रदेशसभाका दुवै सिटमा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । १(क)मा माओवादी केन्द्रकी लाल कुमार पुन विजयी भइन् । १३ हजार १ सय ८५ मतसहित कांग्रेसका ऋषिराम घिमिरेलाई हराउदै उनी विजयी भइन् । घिमिरेले १० हजार ५ सय ९१ मत ल्याए।

१(ख)मा एमाले उम्मेदवार चेतनाथ संजेल विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जनलाई १ हजार मतले पराजित गरी संजेल विजयी भएका हुन् । संजेलले १२ हजार ८ सय ६६ मत ल्याए भने महर्जनले ११ हजार ७ सय ४२ मत प्राप्त गरे । महर्जन डन पृष्ठभूमिका व्यक्ति हुन्।


  •  
  •  
  •