ज्ञानेन्द्र शाहीविरुद्ध अभद्र ब्यवहारको मुद्दा चलाइँदै

125
  •  
  •  
  •  

काठमाडौं । ज्ञानेन्द्र शाहीविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा चलाइने भएको छ ।
प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा आइतबार पक्राउ परेका शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुब्र्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको हो ।

आज जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गर्ने महानगरीय प्रहरी प्रभाग ललितपुरले जनाएको छ ।


  •  
  •  
  •