सल्लाहाकार र सहयोगी सहित पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा

545
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक ओएनएस पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भ्रमणका लागि आज भारत भ्रमणमा जाने भएका छन् । एक साता गर्ने भनिएको भ्रमणलाई निर्मल निवासले गोप्य राखेको छ। निजी भ्रमण भनिएपनि नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै राप्रपा नेपाल र नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको समूहले आन्दोलन चर्काउन खोजिरहेको अवस्थामा उनको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ। ४ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

1797375_870822169618015_7838535004821428445_n

 

पूर्वराजा शाहको टोलीमा उनका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा फणीराज पाठक, निजी अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी उद्धव रावल र शाही अर्दली हरिशरण थापा पनि भ्रमणदलमा रहेका छन् । यसअघि पारिवरीक भ्रमणमा कसैलाई लैजाने गरिउको थिए । आज २ बजे इन्डियन एयरलाइन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
पूर्वराजाले मुलुकको पछिल्लो अवस्थालगायतको विषयमा उच्च राजनीतिक भेटघाट गर्न सक्ने सम्भावना रहेको छ।


  •  
  •  
  •