अख्तियारद्वारा गलत प्रतिवेदन दिने मेडिकल कलेजका १२ विरूद्व आरोपपत्र दायर

264
  •  
  •  
  •  

काठमाडौँ, ७ जेठ(ओएनएस) : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुठ्ठा पूर्वाधार देखाएर मिलेमतोमा सम्बन्धन प्राप्त गरी मेडिकल कलेज सञ्चालन गरेको भन्दै गण्डकी मेडिकल कलेजका सञ्चालकलगायत १२ जनाविरूद्ध १२ जनाविरूद्ध विशेष अदालत आरोपपत्र दायर गरेको छ ।

मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, फ्याकल्टीहरू पुरा नगरेको, गुणस्तर न्युन रहेको तथा झूठ्ठा विवरण दिएको आरोपमा गण्डकी मेडिकल कलेज पोखराका सञ्चालकलगायत अन्य १२ जनाविरूद्ध आरोपत्र दायर गरिएको हो ।

त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र संस्थानबाट सम्बन्धन प्राप्त गरेको गण्डकी कलेज एण्ड टिचिङ हस्पिटल प्रालीलाई एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेर सम्बन्धन दिन गठन गरिएको पूर्वाधार निरीक्षण टोलीका सदस्य तथा कलेज सञ्चालकले झुठ्ठो विवरण समावेश गरेर प्रतिवेदन पेश गरेको र सोही आधारमा सम्बन्धन प्रदान गरिएको पाइएको आयोगले जनाएको छ ।

सञ्चालकहरुले मेडीकल कलेजमा त्रिभुवन विश्र्वबिद्यालयबाट पद स्विकृत नभएका बिषयहरुका फ्याकल्टीहरुको विवरण उल्लेख गरी १५० सिट संख्याका लागि भौतिक पुर्वाधार, फ्याकल्टीहरु तथा अन्य झुठ्ठा विवरणहरु पेश गरेको पुष्टी भएको भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कसुरको मात्रा अनुसारको सजाय गर्न मागदावीसहित विशेष अदालत आरोपपत्र दायर गरिएको जानकारी आयोगले दिएको छ ।

अख्तियारद्वारा आरोपीहरूः

gandaki medical college corruption case


  •  
  •  
  •