गण्डकी प्रदेशसभामा विधेयक पेश

1106
  •  
  •  
  •  

पोखरा । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ पेश गरिएको छ ।

सभामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त विधेयक प्रस्तुत गरेका थिए ।
बैठकको विशेष समयमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतका भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य मीना गुरुङले स्वास्थ्य जनताको मौलिक हक भएको बताउँदै भौगोलिक विकटतालगायतका कारणबाट स्वास्थ्यमा सहज पहुँच पुग्न नसकेको गाउँ बस्तीमा शिविर सञ्चालन गरेर भए पनि स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताइन् ।
अर्का सदस्य धनमाया लामाले विधतायुक्त हाम्रो समाजमा विभिन्न जातजातिका संस्कृतिलाई जगेर्ना गर्दै राज्यले सार्वजनिक बिदा दिनुपर्ने बताइन् ।

बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य कृष्ण थापा र मेखलाल श्रेष्ठले समसामयिक विषमा सरकारको ध्यानाकर्षण गराएका थिए ।


  •  
  •  
  •