गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

122
  •  
  •  
  •  

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत पाएका हुन्।

५९ सदस्यीय रहेको गण्डकी प्रदेश सभामा ५८ मत खसेको छ। मुख्यमन्त्री पोखरेलले ३१ मत पाएका छन् भने २७ मत हुन्न भन्ने पक्षमा परेको छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमाेर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।

यसअघि तिनै ३१ जनाको समर्थनमा उनी गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका  थिए । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासकाे मत लिएका हुन् ।


  •  
  •  
  •