पृथ्वी सुब्बा गुरुङले पाएनन् विश्वासको मत

56
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

बिहीबार विश्वासको मतका लागि भएको मतदानमा गुरुङको पक्षमा २७ मत खसेको छ भने विश्वासको विपक्षमा ३० मत खसेको छ ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् । प्रदेश सभाकाे बैठक शुक्रबार विहान ११ बजे बस्ने छ ।


  •  
  •  
  •