गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्णपाठसहित)

131
  •  
  •  
  •  

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ धेरै बजेट ल्याएका हुन् ।

जसमध्ये चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख रुपैयाँ रहेको छ । पर्यटन, कृषि, भौतिक पुर्वाधार, युवा स्वरोजगार, वैदेशिक अनुदान सहयोग लगायतका विषय बजेटमा समेटिएको छ ।

पूर्णपाठ हेर्नुहोस्

 


  •  
  •  
  •