गण्डकीको प्रदेशसभा अधिवेशन रातारात अन्त्य

71
  •  
  •  
  •  

कास्की । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिए ।

नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्न लागेको अवस्थामा चालु अधिवेशन अन्त्य गर्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ ।

६० जना प्रदेश सांसद रहेको गण्डकीमा एमाले र जनमोर्चाको सरकार थियो । तर तीन जना सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएसँगै २८ जना सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ ।

गण्डकीमा माओवादी, कांग्रेस, जसपा र जनमोर्चाले सरकार बनाउने तयारी गरेका बेला प्रदेशसभाको अधिवेशन नै अन्त्य भएको छ ।


  •  
  •  
  •