गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

35
  •  
  •  
  •  


कास्की । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजनीनामा बुझाएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका हुन् ।

दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताए ।

मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि केन्द्रको निर्णयका कारण अलग हुनुपर्दा दुःख लागेको बताए ।


  •  
  •  
  •