गण्डकी प्रदेशका थप ६२ जनामा कोरोना, संक्रमितको संख्या ४७ हजार ५३ पुग्यो

98
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितमा कास्की २१, बागलुङ ३६, लमजुङका ५ जना रहेका छन् ।

बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीका, २ जना पुरुष नेपाल प्रहरीका र १ जना पुरुष र १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायी हुन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका–८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत छन् ।
वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७५३ पुगेको छ ।


  •  
  •  
  •