गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा नियुक्त

152
  •  
  •  
  •  

काठमाडौं । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटालाई नियुक्त गरिएको छ ।

देवकोटालाई शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराएका छन् । उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा देवकोटाले उपकुलपति नियुक्ति पाएका थिए।

देवकोटा यसअघि चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत थिए । देवकोटाको कार्यकाल पाँच वर्षेको रहेको छ ।


  •  
  •  
  •