गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

97
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका १४, नवलपरासी ब.सू.पू का ४ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३८१३ पुगेको छ । सबै जना कन्ट्रयाक ट्रेसिङका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।


  •  
  •  
  •