गण्डकी प्रदेशले हावाहुरी प्रभावितलाई १ करोड सहयोग गर्ने

1052
  •  
  •  
  •  

पोखरा, २८ चैत(ओएनएस) : गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रभावित क्षेत्रमा आवास निर्माण गर्न गण्डकी प्रदेश सरकारले २ नम्बर प्रदेश सरकारलाई सहयोग पठाउने भएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आवास निर्माणका लागि प्रदेश २ सरकारको खातामा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले ७ गतेबाट हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्रीले संसदमा सम्बोधन गर्दै प्रदेशले अहिलेसम्म हासिल गरेको प्रगति संसदमा प्रस्तुत गर्दै हिउँदे अधिवेशन सकिने छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ल्याएको व्यवस्थापन परीक्षण निर्देशिका पनि पारित गरेको छ ।
गत चैत १७ गते आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान गएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए ।


  •  
  •  
  •