गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२०३ पुग्यो

51
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२०३ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र जनस्वास्थ्य प्रयोगशाला, हेटौँडा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा कास्कीका २ र नवलपरासी पूर्वका २ जना रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ८७५ पुगेको छ ।


  •  
  •  
  •