गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ सय ४९ पुग्यो

412
  •  
  •  
  •  

काठमडाौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ४९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा तनहुँका १ जना, म्याग्दीका २ जना, बागलुङका २, नवलपरासी पूर्वका ४, लमजुङका ५, गोरखाका २, कास्कीका ४ जना रहेका छन् ।

उनीहरु सबैलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा राखिसकिएको छ भने अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ ।


  •  
  •  
  •