गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण

62
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ स‌ंक्रमितमा नवलपरासी बर्दघाट सुस्तापूर्वका ४ महिला सहित १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका १ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशका कोरोना सङक्रमितको संख्या एक हजार ६३ पुगेको छ । कोरोना संक्रमितमध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा दुई जनाको ज्यान गइसकेको छ ।


  •  
  •  
  •