गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

254
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।  नयाँ थपिएका संक्रमितमा कास्कीका १ जना, लमजुङका १६ जना रहेका छन् ।  यसअघि बिहीबार बिहान गण्डकीमा थप १४ जना कोरोना संक्रमित थपिएका थिए ।

थपिएका नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।


  •  
  •  
  •