गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ९९४ पुग्यो

48
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

नयाँ थपिनेमा ९ जना महिला रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।

सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका कोरोना सङक्रमितमध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।


  •  
  •  
  •