गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय ४९ पुग्यो

143
  •  
  •  
  •  

काडमाडौं । गण्डकी प्रदेशमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

नयाँ संक्रमितमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बागलुङका १४, पर्वतका १३ र गोरखाका ६ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको प्रदेश क्षयरोग केन्द्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो ।
यसैबीच सोमबार नवलपसारी पूर्वका १६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै गण्डकी प्रदेशमा उपचारपछि निको हुनेको संख्या २ सय १४ पुगेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here