काठमाडौं । गण्डक्री प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको छ । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित धेरै कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक हो ।
स्याङ्जाकाे गाेठिङ फाँटकाे १ सय २४ किसानको ११० रोपनी जमिन चक्लाबन्दी भएको छ । किसानले ५९ लाख रूपैयाँ खर्च गरिसकेका छन् ।
धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले चक्लाबन्दी परियोजनाको काम अघि बढाएका छन् । प्रदेश र स्थानीय सरकारले यहाँका किसानलाई सहयोग उपलब्ध गराउँदै छन् ।
यसैबीच स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ गोठिङ फाँटमा जमिन चक्लाबन्दी परियोजनाको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सोमबार शुभारम्भ गरेका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ गोठिङ फाँटमा जमिन चक्लाबन्दी परियोजना शुभारम्भ भएको हो ।
प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको छ ।प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित धेरै कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक हो ।