गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ८८ पुग्यो

243
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परीक्षणमा थप भएका नयाँ ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बाग्लुङका २७ जना, तनहुँका ६ जना, पर्वतका १ र कर्णाली प्रदेशको सल्यानका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा शनिबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १ सय २१ जनाको उपचारपछि निको भएको छ ।

 


  •  
  •  
  •