गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९६ पुग्यो, १ सय ९८ जना डिस्चार्ज

51
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त प्रतिवेदन अनुसार गोरखा जिल्ला, सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

उनलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी नवलपरासी पूर्वका विभिन्न आइसोलेसन अस्पताल, केन्द्रबाट हालसम्म थप २६ जना पुरुष डिस्चार्ज भएका छ् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको डिस्चार्ज संख्या १ सय ९८ पुगेको छ ।


  •  
  •  
  •