गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, थप एकको मृत्यु

388
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा थप भएका नयाँ ११ जना संक्रमण देखिएको हो । नयाँ संक्रमितमा म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जना रहेका छन् ।

नवलपरासीका सङ्क्रमितलाई आईसोलेशनमा राखिसकिएको र अन्यलाई आईसोलेशनमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ७ सय ५३ मध्ये ९१ जना निको भएर घर फर्किएका छन् ।

थप एक जनाको मृत्यु

स्याङजामा कोरोना सङ्क्रमित एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या दुई पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको ज्यान गएको हो । असार ८ गते अस्पताल भर्ना भएका ५५ वर्षका पुरुषको बुधबारराति ज्यान गएको प्रतिष्ठानले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ती पुरुषमा कोभिड १९ सङ्क्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

यसअघि वालिङ ३ का ५८ वर्षका कोरोना सङ्क्रमितको पोखरामा उपचारका क्रममा ज्यान गएको थियो ।


  •  
  •  
  •