गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ९३ पुग्यो

1081
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइर संक्रमितको संख्या ५ सय ९३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नयाँ संक्रमितमा तनहुँका १७ जना रहेका छन् । उनीहरु भिमादका २३, २७ र २२ वर्षका ३ पुरुष रहेका छन् । यस्तै घिरिङका १ जना १८ वर्षीय पुरुष, आबुखैरेनीका ३५, ५६ र ३७ वर्षीय पुरुष, बन्दीपुरका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२, २५ वर्षीय पुरुष र र ३५ वर्षीय एक महिला रहेकी छन् ।

स्याङ्जामा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु अर्जुनचौपारीका १ जना ५५ वर्षीय पुरुष, वालिङका २२ वर्षीय पुरुष, अर्जुनचौपारीका ३० वर्षका २ जना, २० वर्षका र २१ वर्षका पुरुष रहेका छन् ।

यस्तै अर्जुनचौपारीका २५ वर्षीया महिला र कालिगण्डकीका २१ र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु ताराखोलाका २७, २४, ३५, २१ वर्षका २ जना, ३४ र २६ वर्षीय पुरुषहरु रहेका छन् । यस्तै निसिखोलाका ७ महिनाका बालक पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गोरखामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा गण्डकीका १८, ३१ र १९ वर्षका पुरुषहरु रहेका छन् । भिमसेनका ३ जना ३०, ५७ र २८ वर्षका पुरुष र २० र २५ वर्षका महिला रहेका छन् । सहिदलखनका २३, ५२ र २३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङको क्होलासोथार गाउँपालिकाका १७ वर्षीयका पुरुष, मध्येनेपाल नगरपालिकाका २ जना ४२ र २० वर्षका पुरुष, दुधपोखरी गाउँपालिका १ का ४१ वर्षीय पुरुष र बेसिशहर नगरपालिकाका एक जना २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्वतको कुस्माका ४३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुर बौदिकालीकाका ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखराका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबैको प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।


  •  
  •  
  •