गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ४८ पुग्यो

279
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ४८ पुगेको हो ।

शुक्रबार बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका २४ जना थपिएका हुन् ।

बाग्लुङमा २ महिलासहित १४ जना, कास्कीमा दुई महिलासहित ६ जना, स्याङ्जा र नवलपरासी सुस्ता पूर्वका दुई÷दुई जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि गण्डकी प्रदेशमा बिहीबार बिहान थप ७७ जना कोरोना संक्रमित थपिएका थिए ।

गण्डकी प्रदेशमा सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् भने एक जनाको भने ज्यान गएको छ ।


  •  
  •  
  •