गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५ पुग्यो

303
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तनहुँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षका ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ । सङ्क्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।


  •  
  •  
  •