गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप ५ जनामा कोरोना संक्रमण

741
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप पाँच जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पर्वत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालक र १७ वर्षीया १ युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी पर्वत जिल्लाको जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय युवकमा समेत कोरोनको संक्रमण देखिएको छ ।

उनीहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षीय १ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योँसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।


  •  
  •  
  •